हिमाल दैनिक
पूर्वमन्त्री बाँस्कोटालाई सङ्क्रमण
sancharmantrigokulbaskota_himaldainik
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण भएको छ । पिसिआर परीक्षणका क्रममा आज धर्मपत्नी तारा मानन्धरसँगै आफूलाई सङ्क्रमण देखिएको उनले जानकारी दिए । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले आफूले दस दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण नदेखिएको पनि उल्लेख गरे । त्यस्तै आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई पनि संक्रमण देखिएको थियो।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update