प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यममा आएजस्तो नेकपा फुट्ने संकेत नभएको बताएका छन् ।ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय सभाहलको निरिक्षण गर्न पुगेका प्रधानमन्त्री ओलीले पार्टी फुट्ने संकेत नभएको बताएका हुन् ।
उनले पार्टीको विषयमा छलफल भएपनि उक्त छलफल कर्णाली प्रदेश सरकारको विषयमा केन्द्रित भएको जिकिर गरे । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको विषयमा भइरहेका छलफलको विषयमा आफुले सोधेको भन्दै प्रधानमन्त्री ओलीले पार्टीलाई ठिक ढंगले अगाडी बढाउनुपर्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको बताए ।
प्रधानमन्त्री ओली आइतबार ललितपुरको गोदावरीमा निर्माण भईरहेको अन्तराष्ट्रिय सभाहलको निरिक्षण गर्न पुगेका थिए । झण्डै तीन हजार सिट क्षमताको सभाहल हाल निर्माणधीन अबस्थामा रहेको छ । लामो समय देखी बालुवाटारबाट बाहिर ननिस्किएका प्रधानमन्त्री ओली पार्टी अन्तरकलह चर्किएको र महासचिब बिष्णु पौडेलले पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको सन्देश प्रबाह गरेकै दिन बालुवाटार बाट बाहिर निस्किएका हुन् ।
अर्थमन्त्री पौडेल भन्छन्ः नेकपाको अस्थित्व नै गम्भीर संकटमा पर्न लाग्यो
बुढा पाकाले भन्ने गर्दथेः कसैलाई केको धन्दा, घरज्वाईलाई खानकै धन्दा। संविधानमा उल्लेखित स्वास्थ्य सम्बन्धि मौलिक हकको समेत सुरक्षा नगरी जनतालाई महंगो शुल्क लिएर उपचार गर्न तल्लिन सरकारका अर्थ मन्त्री बिष्णु पौडेललाई भने जनताको चिन्ता भन्दा आफ्नै पार्टी र सत्ताको चिन्ता छ। थप पढ्नुहोस्:प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय