हिमाल दैनिक
देशी-बिदेशी प्रतिकृयावादी गोट्टीबन्दा नेकपामा खैलाबैला मच्चिएको प्रवक्ता श्रेष्ठको दाबी
oli-prachanda

विचार र सिद्धान्तभन्दा सत्ता र शक्तिको जिजिबिसामा पार्टी एकीकरण गरेको केहि समयमै अन्तरिक कलहमा रुमलिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवादले चरम चुली लिदै गएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र द्वुत्तीय अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', माधव नेपाल पक्षबीच पछिल्लो समय देखिएको शक्ति संघर्षलाई पार्टीकै प्रवक्ता नारायणकाजी श्रेष्ठले जान अनजानमा देशी-बिदेशी प्रतिकृयावादीको चलखेलमा गोट्टी बन्दाको परिणाम भएको बताएका छन्।

लामो समयदेखि कलह र बिग्रहमा व्यस्त ओली र दाहाल खेमा एक अर्काबिरुद्ध मोर्चाबन्दिमा लागेपछि प्रवक्ता श्रेष्ठले सामाजिक संजाल फेसबुक मार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भनेका छन्,'हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो ।यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन। फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश बिरुध्द हुन्छ । तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं । पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं । पार्टी भित्र देखिएको छलफल ,बहश र मतभेद अन्ततः बिचार ,सिध्दान्त ,राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन। तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबै बाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ , पार्टीको बिधि ,पध्दति एवं निर्णयको पालना र कार्यान्वयन । ब्यक्तिवाद,अहंकार ,आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन । देश,जनता ,श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं। जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्ति हरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस् ,सबैले समयमै सोचौ ।' लामो समयदेखि एक आपसमा भेटवार्ता समेत नगरेका ओली र दाहालबीच शनिबार भएको भेटवार्ता पश्चात नेकपा र नेकपा नेतृत्वमा रहेको सरकारको भविष्य बारे एकाएक हलचल पैदा गरेको थियो। कतिपय संचार मध्यममा दाहालले आफुलाई शनिबारको भेटमा अलग-अलग बाटो हिड्न भनेर प्रधानमन्त्री ओलीले पार्टी विभाजनको बाटो रोजेको अक्षेपपूर्ण समाचारहरु प्रकाशित भएका थिए भने ओली पक्षका कतिपय संचार माध्यमले दाहालले ०७५ जेष्ठ २ गतेको सम्झौता अनुसार सत्ताको नेतृत्व खोजेर सरकार र पार्टीलाई कम्जोर भनेको आरोप लागेका थिए । पार्टी भित्रकै नेताहरुले असन्तुष्ट पक्षले ओलीबिरुद्ध अविश्वास प्रश्ताप दर्ता गर्न सांसदहरुको हस्तक्षर अभियान नै थालेको आरोप लगाईराखेका छन्। ओली पक्षले आफ्नो पक्षमा बहुमत कायम नै राख्न सबै किसिमका उपायहरु लगाएको असन्तुष्ट पक्षको आरोप छ। यसरी पार्टी र सत्ताभित्र उत्पन्न असहज परिस्थितिलाई पार्टी महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलले पनि ट्वीटर मार्फत पार्टी एकता गम्भीर संकटमा पुगेको बताएका थिए।

अर्थमन्त्री पौडेल भन्छन्ः नेकपाको अस्थित्व नै गम्भीर संकटमा पर्न लाग्यो

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणबाट देशभरी दिनहुँ दर्जन भन्दा बढी जनताको ज्यान गइरहेको छ भने हजारौँको संख्यामा संक्रमितहरु न्यूनतमः उपचार समेत पाउन सकिरहेका छैनन्। संविधानमा उल्लेखित स्वास्थ्य सम्बन्धि मौलिक हकको समेत सुरक्षा नगरी जनतालाई महंगो शुल्क लिएर उपचार गर्न तल्लिन सरकारका अर्थ मन्त्री बिष्णु पौडेललाई भने जनताको चिन्ता भन्दा आफ्नै पार्टी र सत्ताको चिन्ता छ।

थप पढ्नुहोस्:


  करिब एक बर्ष यता अनेक बहानामा नेकपाभित्र देखिएको बिबादलाई कतिपयले दल विभाजनको सम्भावनातर्फ लक्षित समेत गर्ने गरेका छन्। तर, बिध्यमान कानुनी प्रावधानले तत्कालिन माओवादी-एमालेबीचको एकीकरण पश्चात गठन भएको डबल नेकपा अर्को तीन बर्षसम्म विभाजन हुन सक्ने बिधि र प्रक्रिया छैन। विधिले पार्टी नचल्ने गिद्दीले सत्ता नचल्ने अवास्थामा पनि पार्टी र सत्ताका लागि दुईओटा मात्र बिकल्प छन्। सरकारको नेतृत्व बदल्न पार्टी भित्रैबाट अविश्वासको प्रस्ताव बिधि र प्रक्रिया अनुसार पारित हुनुपर्छ भने पार्टी विभाजनका लागि संविधान र कानुनलाई लत्याएर ओली सरकारले राष्ट्रपति बिद्या भण्डारीको आडमा दल विभाजन समन्धि विवादास्पद अध्यादेश नै जारी गर्नुपर्छ। जुन नेकपाका दुवै अध्यक्षदेखि स्वयं राष्ट्रपतिका लागि पनि हितकर हुन सक्दैन। नेकपाभित्र पछिल्लो समय उत्पन्न विवादलाई एक अर्कालाई गलाउने, धम्की र प्रेसर ट्याक्टिस भएको एक नेकपा नेताले बताए। नाम नबताउने सर्तमा हिमाल दैनिकसंग उनले भने, 'कुनै सिद्धान्त र विचारविना सत्ता स्वार्थका लागि ओली र प्रचण्डबीच जुन एकता भएको थियो त्यो एकता अनुसार ओलीका लागि प्रचण्डको उपयोगिता सकियो र यस्तो असहज परिस्थिति उत्पन्न भयो। '

पार्टी फुट्ने स्थिति अहिले छैन: प्रधानमन्त्री ओली

लामो समय देखी बालुवाटारबाट बाहिर ननिस्किएका प्रधानमन्त्री ओली पार्टी अन्तरकलह चर्किएको र महासचिब बिष्णु पौडेलले पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको सन्देश प्रबाह गरेकै दिन बालुवाटार बाट बाहिर निस्किएका हुन् ।

थप पढ्नुहोस:

भिडियो:


 
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update