हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने स्पष्ट परेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए । उनले कुनैपनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिने दुविधामा नपर्न समेत आग्रह गरे । प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको बताए । सरकार देशबासीको सेवामा समर्पित रहेको उनले बताए । उनले कोरोना कारण मुलुक नराम्ररी आक्रान्त भएको धारणा पनि राखे । प्रधानमन्त्री ओलीले आफैंले शिलान्यास गरेको तीन बर्ष नपुग्दै मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्न पाउंदा खुशी लागेको जिकिर गरे ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update