हिमाल दैनिक
दाहाल र ओलीको मार्सी चामलमा घुन !
oli-dahal-nembang
सत्तारुढ दलको अन्तरिक विवाद उत्कर्ष र अन्यौलमा पुग्दै गर्दा ओली पक्षका दोश्रो तहका नेताहरुले पुष्प कमल दाहाल 'प्रचण्ड' संग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान ओली पक्षका नेता एवम संसदीय दलका उपनेता सुबास चन्द्र नेम्वाङ दाहाल निवास खुमलतार पुगेका थिए। दाहालसंगको भेटमा पछिल्लो पटक ओलीसंग भेटेर निरस र हतास बनेका अध्यक्ष दाहाललाई सहमतिको उपायबाट अघि बढ्न नेम्वाङले आग्रह गरेका थिए। ओलीले आफु दलको बहुमतको निर्णय पनि नमान्ने र आफु सत्ता पनि नछोड्ने भन्दै मन लागेको गर्न चुनौती दिएपछि दाहालले आफु निकट नेताहरुसंग अब बालुवाटार नजाने भनि प्रतिक्रिया दिएको हो भन्ने बारे नेम्वाङले जिज्ञासा राखेका थिए । जबाफमा दाहालले दुम्बराहीमा हुने सचिवालय बैठकमा सदस्यहरुसंग छलफलपछि मात्र ओलीसंग कुरा गर्ने प्रतिक्रिया दिएको स्रोतले बत्ताए । नेकपा स्रोतका अनुसार नेम्वाङ र दाहाल बीचको भेटवार्ताको तय झापाका चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले गरेको र उक्त भेटमा ओलीका विश्वास पात्र स्वास्थ्यमन्त्री भानु भक्त ढकाल र महेश बस्नेत पनि उपस्थित रहेको स्रोतको दाबी छ। बिएनसीका संचालक प्रसाईले चुनाव लगत्तै दाहाल र ओली बीच पार्टी एकीकरणका लागि आफ्नै निवासमा बोलाएर मार्सी चामलको भात खुवाए पछि एकाएक राष्ट्रिय चर्चाको बिषय बन्न पुगेका थिए । अहिले नेम्वाङ सहित ओली पक्षका नेता हरु अन्तरिक छलफलमा जुटी राखेका छन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update