सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक मंसिर २८ गते सम्मलाई स्थगित भएको छ ।
आइतबारबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको नेकपाको स्थायी कमिटी बैठक एक हप्तासम्मलाई स्थगित भएको हो । आइतबारको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएको तर प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उक्त पत्रलाई बैठकको प्रारम्भमै सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएको उनले बताए ।
त्यस्तै पत्रमा ओलीले आफ्नै पुरानै अडान दोहो-याएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्य नभएको भन्दै त्यसको फिर्ताको अडान राख्दै आफू बैठकमा नआएको बेहोरा पत्रमा उल्लेख गर्नुभएको उनले जानकारी दिए ।
त्यस्तै आइतबारको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको अर्को प्रस्ताव पेश भएकाले उक्त प्रस्ताव अध्ययनका लागि भन्दै स्थायी कमिटी बैठक मंसिर २८ गते आइतबार दिउँसो १ बजे सम्मलाई स्थगित भएको प्रवक्ता श्रेष्ठले बए । यस्तै मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ गते सम्मका लागि सरेको उनले जानकारी दिए ।
आइतबारको स्थायी कमिटी बैठकमा सहभागी नेकपा नेता भीम रावलले प्रधानमन्त्री ओलीले बैठकमा सबै सदस्यहरुलाई सम्बोधन गरेर पत्र पठाउनुलाई उनि भौतिक रुपमा उपस्थित भएको भनेर आफूले बुझेको प्रतिक्रिया दिएका छन् । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले अर्को बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुने विश्वास व्यक्त गरे ।
स्थायी कमिटी बैठकले लचकता अपनाउँदै आगामी बैठकहरुबाट पार्टीले ठोस निर्णय लिने बताए ।
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय