पार्टीभित्रको आन्तरिक विवादका कारण समस्या झेलिरहेका प्रधानमन्त्री केपी शर्मा आलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठक बोलाएका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का असन्तुष्ट नेताहरुको तर्फबाट द्वितीय अध्यक्ष पुष्पकमल दाहालले नै अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीविरुद्ध भ्रष्टाचार लगायतका गम्भीर आरोप लगाएपछि समस्यामा परेका ओलीले आफ्नै पार्र्टीको बैठक भन्दा सर्वदलीय बैठकमा जोड दिएका हुन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत सर्वदलीय बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने जानकारी दिएपनि हतारिएर जारी गरिएको सूचनामा गते र बार भने छुटाएर अलमलमा पारेका छन्।
उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आयोजना गर्नु भएको छ। बिहान ११ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ।’
उक्त सूचनाका आधारमा प्रधानमन्त्रीले बोलाएको बैठक कति गते र कुन बार भन्ने केही नहुँदा अन्य दलका नेताहरु अलमलिने स्थिति बनेको छ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय