प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बोलाएको संवैधानिक परिषदको बैठकमा बैठकमा नेपाली कांग्रेसका सभापति देउवा अनुपस्थित हुने भएका छन्।
सरकारविरुद्ध २९ गते सोमबार हुने लागेको देशव्यापी प्रदर्शनका कारण प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र त्यसका नेता शेर बहादुर देउवाले पार्टीका नेता रमेश लेखकमार्फत प्रधानमन्त्री ओलीलाई भोलिको बैठकमा आफु उपस्थित हुन नसक्ने जानकारी पठाएका हुन् ।
सबै क्षेत्रमा असफल सावित भएको सरकारको विरुद्धमा २९ गते ७७ जिल्ला केन्द्रित बिरोधका कार्यक्रम सार्वजनिक गर्दै त्यसको तयारीमा जुटी राखेको बेला प्रधानमन्त्री ओलीले बिपक्षी दलको पूर्व निर्धारित कार्यक्रमलाई प्रभावित गर्ने रणनीतिका साथ सबैधानिक परिसदको बैठक एकाएक बोलाएको निष्कर्ष निकाल्दै देउवाले अनुपस्थित हुने जानकारी लेखक मार्फत पठाएको स्रोतले बताए ।
यस अघि शुक्रबार साँझ प्रधानमन्त्री ओली र देउवा प्रधानमन्त्री निवास बालुवाटारमा भेट वार्ता गरेका थिए । देउवासँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले पर्सि आइतबार संवैधानिक परिषदको बैठक बोलाएको छु, भन्दै लामो समयदेखि थुप्रै संवैधानिक निकायमा पदपूर्ति हुन नसकेको बताउँदै यसरी लामो समय पदपूर्ति नगरी रिक्त राखिरहनु उचित नभएको विचार व्यक्त गरेको बैठकमा सहभागी नेता लेखकले बताए। तर कांग्रेसको पूर्व निर्धारित कार्यक्रममाथि ओलीले नियत माथि नै सशंकित बनेका देउवाले बैठकमा नजाने बताए।
प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका सबै संवैधानिक निकायमा पदपूर्ति गर्नु पर्ने भएको कारण आइतबार परिषदको बैठक बोलाएको बताएका थिए।
यसका अतिरिक्त सत्तारुढ नेकपाभित्रै नेताहरु बीच अन्तरिक विवाद चर्किदै गएको अवस्थामा सभामुख अग्नि प्रसाद सापकोटा पनि उपस्थित हुने न हुने अझै टुंगो लागेको छैन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय