पटक पटक नेकपाको स्थायी कमिटी बैठकमा नजाने अडान लिदै आएका नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली आज भने बैठकमा जाने भएका छन्।
पार्टीमा द्वितीय अध्यक्ष पुष्प कमल दाहालको अक्षेपपूर्ण पत्र फिर्ता नगरेसम्म बैठकमा उपस्थित नहुने अडान लिंदै आएका ओली आजको स्थायी कमिटी बैठकमा भने उक्त प्रस्ताव माथि छलफल नहुने अवस्थाकाे आकलन गरेपछि एका-एक बैठकमा जाने निर्णय गरेका हुन्।
स्रोतका अनुसार आजको बैठकमा पूर्व केन्द्रिय सदस्य एवम पूर्व सांसद कमानसिंह लामाको निधन प्रति शोक प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ। विवादस्पद प्रतिवेदन माथि छलफल नगरी शोक प्रस्ताव पारित गरेर आज बैठक टुंगिने अवस्था देखिएपछि रणनीतिक रुपमा ओली उपस्थित हुन लागेका हुन्। यस अघि ओलीले उक्त बैठकलाई प्रभावित गर्न एकाएक संवैधानिक परिषदको बैठक बोलाएका थिए । तर बिपक्षी दलका नेता शेरबहादुर देउवाले आफ्नो पार्टीले सोमबारका लागि तय गरेको बिरोधको कार्यक्रमको तयारीमा लाग्नुपरेकोले त्यसलाई प्रभावित गर्न बोलाइएको बैठकमा उपस्थित नहुने जानकारी पठाएपछि संवैधानिक परिषदको बैठक स्थगित गर्न ओली बाध्य भए । संवैधानिक परिषद बैठकको बाहाना बनाई स्थायी कमिटीमा नजाने योजना विफल भएपनि कमानसिंहको शोक प्रस्तावको बाहानाले ओलीलाई बैठकमा उपस्थित हुने बाहाना मिलेको छ ।
आजको स्थायी कमिटीको बैठकमा ओली जाने! |

देउवा अनुपस्थित हुने भएपछि आजको संवैधानिक परिषदको बैठक स्थगित
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषदको बैठकमा स्थगित भएको छ । राज्यका विभिन्न संवैधानिक निकायमा पदपूर्ति गर्न प्रधानमन्त्री ओलीले आज बिहान संवैधानिक परिषदको बैठक बोलाएका थिए। तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध २९ गते सोमबार गर्न लागेको देशव्यापी प्रदर्शनका कारणले शनिबार सभापति देउवाले आफु बैठकमा उपस्थित नहुने बताएपछि आजको बैठक स्थगित भएको हो।थप पढ्नुहोस्
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय