सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा र द्वितीया अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भईराखेको छ ।
केहि समयमा हुन लागेको नेकपा स्थायी कमिटीको बैठक अघि दुई अध्यक्ष ओली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भईराखेको हो । मंगलबार संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी विवादस्पद अध्यादेश जारी गरेपछि सत्तारुढ देखि प्रतिपक्ष दलहरुले प्रधानमन्त्री ओलीको चर्को बिरोध गर्दै आइराखेका छन् ।
पार्टीसंग कुनै सल्लाह वमोजिम नै अध्यादेश जारी गरेपछि आजको स्थायी कमिटीको बैठकमा उक्त बिषय बारे बिशेष छलफल गरिने कमिटीका सदस्यहरुले बताएका छन्।
यस अघि आज बिहान प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल ओलीको सन्देश लिएर खुमल्टर पुगेका थिए । स्थायी कमिटीको बैठक केहि समयमा सुरु हुँदैछ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय