सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा स्थायी कमिटीको बैठकमा भने प्रधानमन्त्री एवम पार्टीका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका छैनन्। केहि समय अघि मात्र प्रधानमन्त्री ओली र नेकपाका द्वितीया अध्यक्ष पुष्पकमल दाहाल बीच छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न नेकपाका अध्यक्ष दाहाल देखि शिर्ष नेताहरुको माग छ । ओलीको कदमपछि नेकपाभित्र पछिल्लो समय चलिराखेको कलहले उग्र रुप लिएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय