नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका द्वितिया अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार जाने भएका छन् ।
प्रधानमन्त्री ओली आज बिहान १० बजे अध्यक्ष दाहाललाई भेट्न खुमलटार जाने तयारीमा रहेको स्रोतले बताए । सधै जसो ओलीलाई भेट्न बालुवाटार पुग्ने गरेका दाहाल पछिल्लो घटना क्रममा बाट रुष भएपछि ओली स्वयम उनलाई भेट्न खुमलटार जाने तयारी भएका हुन्। यसअघि ओली का तर्फबाट उपप्रधानमन्त्री इश्वर पोख्रेल, अर्थमन्त्री बिष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतका नेताहरु दाहाललाई भेट्न खुमलटार पुगेका थिए।
प्रधानमन्त्री ओलीले पटक पटक सहमति गर्दै, तोडै आएपछि अध्यक्ष दाहाल रुष्ट देखिएका छन्। त्यस्तै मंगलबार ओलीले एकाएक संवैधानिक परिषदको अध्यादेश ल्याई राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी गराएपछि नेकपाभित्रको विवाद झन् चर्किएको थियो । बुधबार असन्तुष्ट पक्षले कडा कदम चल्ने भने पछि उनले अध्यादेश फिर्ता गर्न सहमत भएका थिए । तर, बिहिबार भने सोहि अध्यादेशका आधारमा संवैधानिक परिषदको बैठक बोलाएपछि दाहाल थप रुष्ट भएका थिए ।
पछिल्लो समय कोरोना यता प्रधानमन्त्री ओलीले आफ्नो निवास कम नै बाहिर निस्किएका छन्। राष्ट्रपति कार्यालयमा पुग्ने बाहेक अहिले ओली बालुवाटार बाट कम नै बाहिर निस्कन्छन । पार्टीका कामदेखि सरकारी काम पनि उनले पछिल्लो समय बालुवाटारबाट नै संचालन गर्दै आएका थिए । यसअघि पार्टीमा मच्चिएको विवाद र दाहाल-नेपालको पक्ष एक जुट भएपछि सचिवालयमा अल्पमतमा परेका ओली बामदेव गौतमलाई आफ्नो खेमामा ल्याउने प्रयास गर्न उनकै निवास भैंसेपाटी पुगेका थिए।
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय