नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तरिक किचलोबाट बिछिप्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था र परिवर्तनलाई नै फेरी धराप पारेका छन्।
आन्दोलनको समयमा 'बयल गाढा चढेर अमेरिका पुग्न सकिन्न' भन्ने अभिव्यक्ति दिएर बिशेष चर्चा कमाएका ओलीले सिंगो व्यवस्थालाई नै ढेला गाढामा राखेर खाडीमा धकल्ने काम गरेका छन्। पार्टीभित्र असन्तुष्ट पक्षले विधि र प्रक्रिया अनुसार चल्न दबाब दिएपछि त्यसबाट विमुख बन्दै गएका ओलीले एकाएक आइतबार बिहान मन्त्रिपरिषदको बैठक मार्फत प्रतिनिधि सभाको विघटन शिफारिस गर्ने निर्णय गरेका हुन् ।
मन्त्रिपरिषदका एक मन्त्रिले दिएको जानकारी अनुसार एकलौटी रुपमा प्रधानमन्त्रीले अघि सरेको प्रस्ताव मन्त्रि परिषदको शिफारिसको नाममा राष्ट्रपति बिद्यादेवी भण्डारीलाई शिफारिस गर्ने तयारी गरेका छन्। यसले देशको राजनीतिक व्यवस्थालाई थप संकटमा ढकेलेको छ।
२०७४ साल मङ्सिरमा सम्पन्न भएको निर्वाचनपछि उक्त संसदको आयु डेढ बर्ष बाँकी थियो।
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय