हिमाल दैनिक
दाहाल-नेपाल समूहका मन्त्रीहरूले दिए सामूहिक राजीनामा
EprLhEIVgAEcbnx
प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलका ७ मन्त्रीहरुले सामुहिक राजिनामा दिएका छन्। आइतबार प्रधानमन्त्री ओलीले एकाएक संसद विघटन गरेपछि त्यसको बिरोधमा ७ मन्त्रीहरुले आफ्नो पद बाट राजिनामा दिएका हुन् । ओलीले संसद विघटन गरेपछि प्रचण्ड र नेपाल पक्षका मन्त्रीहरुले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरि सामुहिक राजिनामा दिएका छन् ।पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले आज सामुहिक राजिनामा दिएका छन् ।
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update