प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद बिघटनको निर्णयमा अदालत बाधक नहुने बताएका छन् । सोमबार बालुवाटारमा आफुनिकट सांसदहरुको भेलामा ओलीले आफू ६४ प्रतिशत मत प्राप्त प्रधानमन्त्री भएकाले आफूले गरेको निर्णयमा अदालत बाधक नहुने बताएका हुन् ।
ओलीले आफूलाई घेराबन्दीमा पार्न लागिएकाले बाध्यात्मक अवस्थामा यो निर्णय लिनुपरेको बताए । प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनताले नै गर्ने निर्णय अन्तिम हुने भएकाले जनताकहाँ जाने निर्णय गरिएको समेत उल्लेख गरे ।
भेलामा ओलीले प्रचण्डले आफूलाई कारवाही गर्न नसक्ने दावी गर्दै आफ्नो उपस्थिति बिनाको निर्णय आधिकारीक नहुने जिकिर गरेका थिए । भेलामा सहभागी सांसद निरुदेवी पालले सरकारलाई काम पनि गर्न नदिएको र नेकपालाई पनि कमजोर बनाउने खेल भएको प्रधानमन्त्रीले बताएको जानकारी दिईन । प्रधानमन्त्री ओलीले नयाँ जनादेशका लागि तयार रहन पनि निर्देशन दिनुभएको उनले बताईन ।
भेलामा ओलीले प्रधानमन्त्री पद सम्हालेपछि मुलुकमा भएका मुख्यमुख्य कामका बारेमा जानकारी गराएका थिए ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय