नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सो पक्षको पेरिसडाँडामा बसेको बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । गठित कार्यदलले नेताहरुको जिम्मेवारी निर्धारणबारे मापदण्ड बनाउने छ ।
बैठकले असंवैधानिक संसद विघटनमा आन्दोलनका लागि पूरा शक्ति लगाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा प्रचण्डले अहिलेको लडाइँ विधि, पद्धति र सिद्धन्त मान्ने कि नमान्ने भन्नेबीचको भएको बताएका थिए । कम्युनिष्ट आन्दोलनलाइ रक्षा गर्न एकतावद्ध हुनुपर्नेमा प्रचण्डले जोड दिएका थिए ।
त्यस्तै अध्यक्ष माधव कुमार नेपालले संसद बिघटन बिरुद्धको आन्दोलनलाई सफल पार्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकले स्थायी कमिटी बैठकमा छलफल हुने एजेण्डाहरु तय गरेको छ । अर्को, बैठक भोलि दिउँसो एक बजे बस्ने प्रवक्ता श्रेष्ठले बताए ।
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय