हिमाल दैनिक
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्थायित्वका लागि संसद विघटन आवश्यक रहेको बताएका छन् । मंगलबार ललितपुरमा अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अस्थिरता पैदा हुने अवस्था आएकै कारण संसद बिघटन गरिएको बताएका हुन् । उनले अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउने प्रयास गरेर अस्थिरता सिर्जना गर्न खोजिएको आरोप समेत लगाए । सरकारलाई काम गर्न अवरोध गर्न खोजिँदा संसद विघटन गर्न बाध्य हुनुपरेको उनको भनाई छ । आफूहरुले नयाँ नेपाल बनाउन चाहेको बताउँदै बादलले समाजवादी नेपालले मात्र सबैलाई समृद्ध बनाउने उल्लेख गरे । मन्त्री थापाले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउने कदम ठिक थियो कि थिएन भन्ने बहस हुनुपर्नेमा जोड दिए । थापाले क्रान्तिकारी विचार नीति र त्यसको कार्यान्वयन, एकताको पक्ष नै अहिले सही बिचार भएको तर्क गरे । राजनीति भनेको समाज परिवर्तनको दर्शन भएको र दल भनेको परिवर्तन भएको भन्दै उनले राजनीतिकै कारणले परिवर्तन हात पारेको जिकिर गरे । उनले गएको तीन वर्षमा ७ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिदर पु¥याउँदै देश विकास गरिरहँदा अहिले अवरोध गरिएको धारणा राखे ।
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update