नेपाली कांग्रेसले सत्तारुढ दल नेकपाले नेतृत्व गरको प्रदेश सरकारको अन्तरिक कलहको समिक्षा र रणनीति बारे छलफल सुरु गरेको छ। सभापति शेर बहादुर देउवा बुधबार बूढानिलकण्ठ स्थित आफ्नो निवासमा १ नं प्रदेशबाट नेतृत्व गर्ने केन्द्रिय सदस्यहरुसंग परामर्श गरेका हुन् ।
पछिल्लो समय बिशेषगरि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको बिषय र प्रदेश सभामा हुन सक्ने छलफल र प्रदेश सरकार गठनको बिषयमा कसरी अगाडी जाने भन्ने बारे छलफल भएको थियो।
पार्टी नेता रामचन्द्र पौडेल, उप-सभापति विजयकुमार गच्छेदार, मिनेन्द्र रिजाल लगायतका नेताहरु उपस्थित बैठकमा केन्द्रमा संसद विगठन गरेर राजीनितिक र संवैधानिक संकट निम्ताएका केपी शर्मा ओलीको विरोधमा रहेको कांग्रेसले प्रदेशमा ओली निकट मुख्यमन्त्री राईलाई सहयोग गर्न नहुने राय प्रकट गरेका थिए। स्रोतका अनुसार कतिपय सदस्यहरुले विगतमा भीम आचार्यले कांग्रेसलाई बढी पेल्दै आएको भन्दै आचार्यलाई पनि सहयोग गर्न नसकिने सुझाव दिएका थिए । प्रदेशसभा बैठक सुरु भएपछि नेकपाभित्र देखिने गणितीय खेलका आधारमा कांग्रेस आफ्नो भूमिका पूर्ण छलफल गरेर निर्णय गर्ने बताइएको छ ।
यसैगरि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बारे पनि के कस्तो रणनीति अपनाउने भन्ने बारे सभापति देउवाले भोलिको वडा स्तरीय विरोध पदर्शन लगत्तै छलफल गर्ने तयारी रहेको बताइएको छ । सभापति देउवाले सम्भवत शुक्रबारसम्म बागमती प्रदेशबाट केन्द्रिय कमिटिमा रहेका केन्द्रिय सदस्य र शिर्ष नेताहरुकाबीच परामर्श गर्ने तयारी गरि राखेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय