प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरतालाई भत्काएर अस्थिरता निम्त्याउने प्रयास भएकाले आफुले जनतामा जाने निर्णय गरेको बताएका छन् ।
आइतबार काठमाडौंमा अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरताको लागि ताजा जनादेशमा जादा संबिधान विरोधी काम नहुने तर्क समेत गरे ।
प्रधानमन्त्री ओलीले संसदलाई पाँच बर्षको जागिर ठान्नेहरुले अहिलेको कदमको विरोध गरेको आरोप लगाए । अब निर्वाचनबाट नै को सहि र को गलत भन्ने निर्णय हुने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनमा ध्यानकेन्द्रित गर्न सबैलाई आग्रह गरे ।
ओलीले देशमा सुशासन कायम गर्नु र विकास गर्नु नै सरकारको काम रहेको जिकिर गरे ।
देशमा ठूला–ठूला नेताले बाटो बिराउँदा पार्टीका केही अपांगता भएका नेताले जोगाएको उनको भनाइ थियो। आफ्नो मिर्गौला फेल भएर प्रत्यारोपण गरेको प्रसंग सुनाउने उहाले त्यस अर्थमा आफू पनि अपांग भएको बताए ।
प्रधानमन्त्री ओलीले बालबालिका मुक्त सडक बनाइएको दाबी पनि गर्नुभयो । प्रधानमन्त्री अोलीले सरकारले सडक मानवमुक्त अभियान सफल पारेको र सडकमा अलपत्र परेका अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले खोजीखोजी खाना खुवाएको उल्लेख गरे । अपाङ्गता भएको समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको उनले बताए ।
प्रकाशित मिति: शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय