हिमाल दैनिक
प्रचण्ड–नेपाल पक्ष निर्वाचनबाट तर्सिए: प्रम ओली
kp-oli-jan29
प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले प्रचण्ड–नेपाल पक्ष निर्वाचनबाट तर्सिएको बताएका छन् । नेकपा काठमाडौं महनगर कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हार निश्चित हुने भएकाले प्रचण्ड–नेपाल पक्ष निर्वाचनसँग डराएको बताएका हुन् । उनले अहिले प्रचण्ड–नेपाल पक्ष अप्ठेरोमा परेको भन्दै निर्वाचनमा पनि उनीहरुको हालत खराव हुने तर्क गरे । ओलीले देशलाई सांसद किनबेचको थलो बनाउन खोज्नेलाई जनताले सजाय दिने बताए । प्रधानमन्त्री ओलीले संकटकाललाई देखाउदै निर्वाचन सार्ने नियोजित हल्ला चलाइएको भन्दै तोकिएको समयमा नै निर्वाचन हुने स्पष्ट पारे । आफुलाई प्रचण्डले अध्यक्ष बनाएको भ्रमण फैलाईएको भन्दै ओलीले प्रचण्डलाई प्रधानमन्त्री आफुले बताएको तर्क गरे । ओलीले प्रचण्ड–नेपाल पक्षले आफुलाई सरकार र पार्टी सञ्चालनमा अवरोध गरेको र अहिले सो पक्ष अलग्गीएपछि पार्टी नै शुद्ध भएको उनले बताए । त्यस्तै ओलीले माघ २३ गते देश र जनताका पक्षमा पहिलो चरणको शक्ति प्रदर्शन गर्ने बताए । प्रदर्शनमा सहभागी हुन महिला, युवा, शिक्षक सवैलाई उहाले आह्वान पनि गरे ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update