सर्वहाराको अधिनायकवादको नारा दिएर हिंसात्मक द्वन्द्धको बाटो हुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का टिके मन्त्रीले संविधान र कानूनले नै इतिहासको पानामा सिमित गरेको श्री ५ को सरकार भनि सम्बोधन गरेका छन्।
नेकपामा देखिएको राजनीतिक विभाजनसँगै प्रतिनिधि सभा विघटनको निर्णय पश्चात गुटगत जोडघटाउको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १० गते सडकबाट टपक्क टिपेर खानेपानी मन्त्री नियुक्त गरेका मणि थापाले नेपाल सरकारको सट्टा श्री ५ को सरकार भन्दै सम्बोधन गरे।
पार्टीको कार्यक्रममा सुर्खेत पुगेका मन्त्री थापाले सम्बोधनका क्रममा नेपाल सरकारको मन्त्री र नेपाल सरकार भन्नुको सट्टा श्री ५ को सरकार भनि सम्बोधन गरेपछि उनको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको छ।
नेपालमा दोस्रो जनआन्दोलनको सफलता पश्चात निर्माण भएको अन्तरिम संविधान जारी भएपनि विगत ४ दशकदेखि तत्कालिन राजतन्त्रको समयमा चलन चल्तीमा रहँदै आएको श्री ५ अर्थात राजाको सरकार भन्ने चलनको अन्त्य भएर नेपाल सरकार भनिँदै आएको छ।
थापा यिनै राजनीतिककर्मी हुन् जसले देशमा १० वर्षसम्म हिंसात्मक माओवादी द्वन्द्ध चलाउँदा उक्त गतिविधिमा सक्रिय भएपनि शान्ति प्रक्रियामा आएपछि तत्कालिन माओवादीबाट पाखा लाग्दै गएका थिए।
पछिल्लो समय पुनः नेकपामा फर्किएका थापा दाहाल निकट भनिएपनि ओलीले टपक्क टिपेर मन्त्री बनाइदिएपछि उनी ओलकिा समर्थक बन्न पुगेका हुन्।
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय