तीन वर्षअघिको निर्वाचन प्रचार प्रसारका क्रमदेखि ओलीले जनतामाझ अनगिन्ती आश्वासनका पोकाहरु बाँड्दै सत्ताको शीर्षमा पुगे पनि पछिल्लो सयय उनले बाँड्दै आएका आश्वासनका पोकाहरु विस्तारै फोहोर पानीका फोका जस्तै हुँदा जनतामा उनीप्रति अविश्वास बढ्दै गएको छ।
कहिले एक वर्षमै चुच्चे रेल, कहिले पानीजहाजको यात्रा त कहिले घरघरमा पाइपबाट ग्याँस पुर्याउने घोषणा गर्दै जाने क्रममा सत्ता र पार्टी संचालनमा नराम्रोसँग विफल बन्दै गए।
तीन वर्ष अघि उनले चुनावमा जनताको मत लिन के के भने भन्नेबारे जनताले पनि विस्तारै भुल्दै गए पनि होलान्। तर, पछिल्लो समय ओलीले बोलेका कुरा तीन दिन पनि नटिक्ने स्थितिमा पुगेपछि सरकारप्रति जनताको विश्वास पूर्णरुपले समाप्त प्रायः नै भएको छ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध तयार पारिएको १० लाख डोज खोप भारतले अनुदानमा नेपाललाई उपलब्ध गराएलगत्तै खोपको देशव्यापी अभियान सुरु गर्ने क्रममा प्रधानमन्त्री ओलीले माघ १४ गते बालुवाटारमा आयोजित कार्यक्रमबाट भनेका थिए, ‘सरकारले अबको तीन महिनाभित्र सबै नेपालीलाई खोप निःशुल्क लगाइसक्छ।’
हुन त, प्रधानमन्त्री ओलीले यसरी तीन महिनाभित्र करिब २ करोड भन्दा बढी जनतालाई खोप उपलब्ध गराउने भनेपनि उक्त कार्यक्रममा उपस्थित उनका सहयोगी, समर्थक र सरकारी कर्मचारीले समेत पत्याउन सकेका थिएनन्। तर, तीन दिनपछि पार्टीको आन्तरिक शक्ति संघर्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षविरुद्ध को भन्दा को कमको अभियानमा उत्रने क्रममा आफ्नो समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न चितवन पुगेका ओलीले तीन दिन अघि बोलेको अभिव्यक्तिलाई सच्याए। तीन दिन अघि तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाइसक्ने भनेका ओलीले आज आफ्नो भनाईलाई बदल्दै भने, ‘तीन महिनाभित्र अग्रपंक्तिमा रहेर सेवा गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालयक, फोहोर मैला व्यवस्थापनमा क्रियाशील कर्मचारीलाई खोप लगाइसकिन्छ। त्यसपछि सन २०२१ भित्र सबै नेपालीलाई खोप लगाई कोरोनाबाट देशलाई पूर्ण रुपले सुरक्षित बनाइन्छ।’ साथै उनले विगत तीन दिनभित्र ४८ हजारले खोप लगाइसकेको जानकारी दिए। स्वास्थ्य मन्त्रालयले भने यसअघि पहिलो चरणको दश दिनभित्र ४ लाख ३० हजार जनालाई खोप लगाइसक्ने जानकारी दिएको थियो। जसका लागि सरकारले देशभरीबाट प्रतिदिन ४३ हजारको दरले खोप लगाउनु पर्ने देखिएपनि विगत तीन दिनमा जसोतसो ४८ हजारले मात्रै खोप लगाएको प्रधानमन्त्री ओलीले जानकारी दिएपछि सरकारको घोषणा र कार्यान्वयनको औसत अन्तर छरपष्ट भएको छ।
तीन महिनाभित्र सबैलाई खोप लगाइसक्ने भन्ने ओलीका कुरा समर्थकले नै पत्याएनन्! |

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय