हिमाल दैनिक
शनिबार एक कार्यक्रममा श्री ५ सरकार भनि सम्बोधन गरेकोमा खानेपानी मन्त्री मणि थापाले माफी मागेका छन् । खानेपानीमन्त्री थापाले आइतबार सामाजिक संजाल फेसबुकमार्फत नेपाल सरकार भनि सम्बोधन गर्नु पर्नेमा भुलबस श्री ५ सरकार शब्द प्रयाेग हुन गएकाेमा क्षमा मागेका हुन्। हिजो पार्टीको कार्यक्रममा सुर्खेत पुगेका मन्त्री थापाले सम्बोधनका क्रममा नेपाल सरकारको मन्त्री र नेपाल सरकार भन्नुको सट्टा श्री ५ को सरकार भनि सम्बोधन गरेपछि उनको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । राजतन्त्र अन्त्य भएको करिब १ दशक बढी हुँदा समेत मन्त्रीले उक्त शब्द बोलेपछि चौतर्फी बिरोध भएको थियो । उनले सामजिक संजालमा भनेका छन्,'शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु । मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयाेग हुन गएकाेमा क्षमा चाहन्छु ।' नेपालमा दोस्रो जनआन्दोलनको सफलता पश्चात निर्माण भएको अन्तरिम संविधान जारी भएपनि विगत ४ दशकदेखि तत्कालिन राजतन्त्रको समयमा चलन चल्तीमा रहँदै आएको श्री ५ अर्थात राजाको सरकार भन्ने चलनको अन्त्य भएर नेपाल सरकार भनिँदै आएको छ। थापा यिनै राजनीतिककर्मी हुन् जसले देशमा १० वर्षसम्म हिंसात्मक माओवादी द्वन्द्ध चलाउँदा उक्त गतिविधिमा सक्रिय भएपनि शान्ति प्रक्रियामा आएपछि तत्कालिन माओवादीबाट पाखा लाग्दै गएका थिए। पछिल्लो समय पुनः नेकपामा फर्किएका थापा दाहाल निकट भनिएपनि ओलीले टपक्क टिपेर मन्त्री बनाइदिएपछि उनी ओलीका समर्थक बन्न पुगेका हुन्।  
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update