नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आइतबार माइतीघर मण्डलामा धर्नामा सहभागी भएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको माइतीघर मण्डलमा माघ १४ गतेदेखि जारी धर्ना कार्यक्रममा आइतबार अध्यक्षद्वय प्रचण्ड नेपाल लगायतका नेता कार्यकर्ता सहभागी भएका हुन् । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले दक्षिणपन्थीहरु खुसी भएको बताएका छन् ।
नेता पाण्डे ओलीले धर्मको आधारमा आफ्नो राजनीतिलाई अघि बढाएको बताए । उनले ओलीको कदमले दक्षिणपन्थीहरु सल्बलाइरहेको उल्लेख गर्दै राजावादीहरुले अहिले ओलीलाई राजनेता भन्न थालेको पनि उनले बताए ।
पञ्चायत कालमा कम्युनिस्ट नेताहरुमाथि गोली हान्न निर्देशन दिनेहरुले नै अहिले नेपालमा ओलीजस्तो राजनेता कोही छैन थालेको उनको भनाई छ । नेता पाण्डेले प्रधानमन्त्री ओलीले समाजवादको यात्रामा घात गरेको आरोप लगाए ।
यसअघि माघ २१ गतेसम्म धर्ना कार्यक्रम जारी रहने बताइएपनि सोमबारदेखि वाग्मती प्रदेशसभाको बैठक सुरु हुने भएकाले आइतबार नै धर्ना कार्यक्रमको समापन गरिएको प्रचण्ड–नेपाल पक्षकी स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिईन ।
धर्नामा नेकपाका शीर्ष नेतासहित विघटित प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभाका सदस्य र प्रदेशसभा सदस्यहरु सहभागी भएका थिए ।
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय