हिमाल दैनिक
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलनाको मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका हुन् भने मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ । विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको बुझिएको छ । अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरेको भन्दै अधिवक्ता हायुले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । सर्वोच्चले यसअघि नै प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अदालतको अपहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश दिइसकेको छ।
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update