हिमाल दैनिक
प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन गृहमन्त्री थापाको आह्वान
grihamantri-rambahadur-thapa
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन् । बुधबार अखिल नेपाल ट्रेड युनियन महासंघको सातौ भेलालाई सम्बोधन गर्दै उनले आफुहरु एकताबद्ध भएर अघि बढ्ने अभियानमा लागेको भन्दै प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गरेका हुन् । गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको र राष्ट्रपतिमाथि अभियोग लगाउने तयारी भएपछि मुलुकलाई संकटबाट बचाउन ताजा जनादेशमा जाने निर्णय भएको बताए । उनले पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रधानमन्त्रीले संसदको विघटन गर्ने एउटा ऐतिहासिक कदम उठाएको बताए । त्यस्तै उनले आफुहरु नै आधिकारीक नेकपा भएको भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए । गृहमन्त्री थापाले नेपालको परिवर्तनमा ट्रेड युनियनको भूमिका अपरिहार्य भएको भन्दै अव पनि ट्रेड युनियनले आफ्नो भूमिका देखाउनुपर्ने बेला आएको तर्क गरे ।
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update