प्रधानमन्त्री केपी शर्मा ओली जनतालाई दुःख दिने नियतले बन्द आह्वान गरेको बताएका छन।
बुधबार नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीजनतालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न उनले सुझाव पनि दिएका हुन् ।
उनले भने,'नेपाल बन्द अरे ! जनताले के बिगारे र बन्द ? जनताई दुःख दिन किन बन्द ? पार्टी छोडेर पाटीमा आफू लाग्छन् अनि जनतालाई दुःख दिन्छन्।'
ओलीले मुलुक निर्वाचनमय भइसकेको भन्दै अव तोकिएको समयमा निर्वाचन गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे ।
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय