हिमाल दैनिक
नेकपाका असन्तुष्ट पक्ष पुष्पकमल दाहाल- नेपाल पक्षले बिहिबारको बन्दलाई सफल पार्न नयाँ रणनीति अपनाइएको छ । १० बर्षिय हिंसात्मक द्वन्दमा जस्तै दाहाल-नेपाल पक्षले बिहिबारका लागि घोषणा गरेको देशव्यापी आमहड्तालमा कोड भाषाको प्रयोग गरिएको छ। बिशेषगरि उपत्यका बिभिन्न चोकहरुमा पार्टी नेताहरुलाई खटाउदै हड्ताल सफल पार्न कोड भाषा दिइएको छ। पार्टी निकट स्रोतका अनुसार हड्तालको पक्षमा रहेका कार्यकर्ताहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जाँदा सम्बधित स्थान अनुसारको कोड भाषा 'कल साइन' प्रयोग गरेपछि आन्दोलनकारीहरुले बाटो छोडी दिनेछन्। यसका लागि कोटेश्वरमा खटिने कार्यकर्तालाई ७७०-३३१ कल साइन दिइएको स्रोतले बताएको छ। उक्त कोड भन्ने कार्यकर्ताले उपत्यकाको जुनसुकै ठाउँबाट कोटेश्वर सहजै पुग्न सकिने छ। यस्तै गरि बेग्लाबेग्लै स्थानका लागि बेग्लाबेग्लै कल साइन दिइएको छ । बिशेषगरि सुरक्षा निकाय र युद्दकालमा द्वन्दरत बिद्रोहीले प्रयोग गर्ने कल साइ%E दाहाल नेतA5त्वको नेकAAाले हड्तालको समयमा प्रयोग गरेको हो ।
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update