नेकपा प्रचण्ड–नेपाल पक्षले आमसभाको पूर्वसन्ध्यामा काठमाडौंमा मार्चपास निकालेको छ । बाल्मिकी क्याम्पस प्रदर्शनीमार्गबाट पुतलीसडक, बागबजार हुँदै पुन बाल्मिकी क्याम्पस प्रदर्शनीमार्गमा पुगेर मार्चपास सकिएको थियो ।
मार्चपासमा सहभागीहरुले प्रतिनिधिसभा बिघटन संविधान बिपरित भएको भन्दै सरकार बिरोधी नारा लगाएका थिए । मार्चपासमा नेकपा नेता योगेश भट्टराईले बिहीबार हुने सभाको बारेमा जानकारी गराएका थिए । काठमाडौंको बिभिन्न ५ स्थानबाट र्याली निस्कने र भद्रकालीमा एकीकृत जुलुसमा परिणत हुने उनले बताए । र्याली भृकुटिभण्डप पुगेर सभामा परिणत हुने उनले बताए ।
संसद बिघटन पछि नेकपा प्रचण्ड–नेपााल पक्षले निरन्तर आन्दोलन गर्दै आएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय