हिमाल दैनिक
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि अटेर गरिरहे सिंहदरबार र बालुवाटार घेर्ने लगाएत ठूला आन्दोलन हुने चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधनमा प्रचण्डले प्रतिगमन, निरंकुशता र लोकतन्त्रको हत्या गर्ने केपी ओली चरित्र जनताले बुझिसकेकोले जरुरी प-यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुने बताए । उन ले आफू स्टेजमा रहँदा सभामा ५ लाख सहभागी भएको एसएमएस आएको उल्लेख गर्दै त्यो आफ्नो अनुमान नभएको प्रस्ट पारे । नारायणहिटी दरबार संग्राहलयअगाडि २३ गते केपी ओली समूहले गरेको सभा सारा राज्यकोषको दुरुपयोग गरे पनि उत्साहजनक नभएको उनको भनाई थियो । अध्यक्ष प्रचण्डले ७० प्रतिशत बहुमत रहेको पक्षको आवाज नसुन्ने तर केपी ओलीले गएर धम्क्याउने बित्तिकै लत्रिने व्यवहार नदेखाउन निर्वाचन आयोगलाई चेतावनी दिए । उनले निर्वाचन आयोगलाई खुट्टा नकमाई विधि सम्वत ढङ्गबाट निर्णय गर्न पनि आग्रह गरे । प्रचण्डले लोकतन्त्र ल्याउन, संविधान निर्माण गर्न र गणतन्त्र र सङ्घीयतामा मुलुकलाई अघि बढाउन नेतृत्व दिएको पार्टी काँग्रेसलाई समेत आफ्नै नेतृत्वमा बनेको संविधानको हत्या हुँदा हरेर नबस्न आग्रह गरे ।  
प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update