नेकपाको प्रचण्ड-नेपाल पक्षकी नेता राम कुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेका छन् । विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्री राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिविरुद्ध सोधपुछ गर्न प्रहरी उनको निवास शंखमुल पुगेका हुन् ।
उनलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनको निवास बाहिर नेकपा कार्यकर्ताहरुले नारा बाजी गरिराखेका छन् । उनले केहि दिन अघि गोरखामा राष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर सोधपुछ गर्न प्रहरी उनको घरमा पुगेको हो ।
उनले गोरखाको एक सभामा राष्ट्रपतिलाई लक्षित गर्दै भनेकी थिइन्,'राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।'
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय