प्रहरीले ‘राज्य विरुद्धको कसुर दफा ५८’ अनुसार रामकुमारी झाँक्रीलाई पक्राउ पुजी जारी गरेको छ । केहि समय अघि झाँक्रीलाई प्रहरीले उनको निवासमा गई पक्राउ पुजी दिइएको हो । रामकुमारी झाँक्रीले र प्रहरी अधिकारीबीच छलफल भईराखेको छ। नेकपा दाहाल-नेपाल पक्षकी झाँक्रीले गोरखामा राष्ट्रपतिलाई दिएको अभिव्यक्तिविरुद्ध झाँक्रीलाई पक्राउ गर्न प्रहरी शंखमूल स्थित उनको निवास पुगेको थियो ।
पक्राउ गर्न पहरी निवास बाहिर आएपछि उनको समर्थनमा कार्यकर्ताहरुले घर घेरेर प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नाराबाजी गरिराखेका छन् । केहि समय अघिको प्राप्त जानकारी अनुसार प्रहरी अधिकारी र झाँक्रीबीच उनको निवास कुराकानी भईराखेको छ । प्रहरीले भने उनलाई पक्राउ गर्न पक्राउ पुजी नलाएपछि उनले आफ्नो गिरफ्तारी नदिने बताएकी थिइन्।
त्यसपछि प्रहरीले पक्राउ पुजी लिएर उनको निवास पुगेको छ। उनले अबको केहि समयमा आफ्नो गिरफ्तारी दिने बताएइको छ। उनले घर अघि जम्मा भएका उनका समर्थकहरुलाई सम्बोधन गर्ने तयारी भएको छ । यसअघि प्रहरीले पक्राउ गर्न आउने भनेपछि उनले पत्रकार सम्मेलन गरेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय