नेकपा दाहाल-नेपाल पक्षकी नेता रामकुमारी झाँक्रीले प्रहरीले आफ्नो गिरफ्तारी दिएकी छिन् । प्रहरीले उनलाई राज्यविरुद्ध कसुर दफा ५८ अन्तर्गत पक्राउ पुजी जारी गरेको थियो। केहि दिन अघि उनले गोरखाको एक सभमामा राष्ट्रपतिलाई लक्षित गर्दै दिएको अभिव्यक्तिविरुद्ध उनलाई पक्राउ गरिएको हो।
पक्राउ गर्न पहरी निवास बाहिर आएपछि उनको समर्थनमा कार्यकर्ताहरुले घर घेरेर प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नाराबाजी गरिराखेका थिए । पक्राउ पर्नु अघि उनले समर्थकलाई सम्बोधन गरेकी थिइन् ।
प्रहरीले भने उनलाई पक्राउ गर्न पक्राउ पुजी नलाएपछि उनले आफ्नो गिरफ्तारी नदिने बताएकी थिइन्।
उनले गोरखाको एक सभामा राष्ट्रपतिलाई लक्षित गर्दै भनेकी थिइन्,’राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।’
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय