हिमाल दैनिक
विभाजित नेपाल कम्युनिष्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरी प्रशासनले फौजदारी कसुर दफा-५८ अन्तर्गत पक्राउ गरेको छ । प्रतिनिधि विघटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको शिफारिसलाई कुनै परामर्शविनै तत्काल सदर गरेपछि राष्ट्रपतिका बिषयमा झाँक्रीले सार्बजनिक माध्यमबाटै राष्ट्रपति विरुद्ध आक्रोश व्यक्त गरेकी थिइन्। राष्ट्रपतिका बारेमा उनले व्यक्त गरेको बिषयलाई राष्ट्रपति विरुद्ध धम्की दिएको आरोप लगाउदै राज्य प्रशासनले पक्राउ गरेको हो ।

उक्त दफामा छ ? के आधारमा उनलाई पक्राउ गरियो त?

फौजदारी कसुर संहिताको दफा-५८ अनुसार कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउने वा बन्चित गर्ने वा कुनै खास तरिका बाट कार्य सम्पादन गर्न बाध्य गराउन किसिमको बल प्रयोग गरि वा नगरी कुनै किसिमको धम्कि डर वा त्रास देखाउने वा कुनै किसिमले दबाब दिनेलाई सात बर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँ सम्मको जरिवाना वा दुवै सजाय हुनेछ ।

यस दफाका अनुसार झाँक्रीलाई सात बर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँ सम्मको जरिवाना वा दुवै सजाय हुनेछ।

राष्ट्रपतिविरुद्ध आखिर के बोलेकी थिइन् त रामकुमारी झाँक्रीले ?

उनले गोरखामा आयोजित एक आमसभामा सम्बोधनका क्रममा भनेकी थिइन्- '

'राष्ट्रपतिका कुरा त के गर्नु र? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शितल निवास छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि बानेश्वर कता घर छ र ? त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, तर बडामहारानीका लागि म पनि भारी हुन सकौँला। बडामहारानीविरुद्ध यहीँ कि रेखा लोप्चनलाई चुनाव लडाउँला। जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शितल निवासमा बडामहारानीको बास भएको छ। हामीले असंवैधानिक कदम किमार्थ स्वीकार नहोस् भनेका थियौँ। नेकपा एमालेले २०५० सालमा गरेको निर्णय गम्भीर भूल थियो। मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी। विचार सिद्धिएपछि कपाल, नाक, लुगा, देखाएर राजनीति गर्दा कुरो बिग्रिन्छ। विद्यालाई दोस्रो पटक राष्ट्रपति नबनाऊँ भनेर हामीले नेताहरूको दैलो चाहर्यौं। तर हाम्रा कुरा कसैले पनि सुनेनन्। आजको दुर्भाग्य त्यहीकारण हामीले भोग्नु परेको छ। '
पछिल्लो समय झाँक्रीले राष्ट्रपतिले संसद विघटनमा खेलेको भूमिका विरुद्ध विभिन्न सभाहरुबाट चर्को आलोचना गरेकी थिइन्। बुधबार नेपाल-दाहाल पक्षले आयोजना गरेको आम सभामा समेत उनको बेग्लै प्रस्तुति थियो । उनले हिजो राष्टपति भनेकी थिइन्-

हामीलाई बोल्न पाहिदैन भन्ने कार्यकारी प्रधानमन्त्रीको कोठाको एसिस्टेन्ट जस्तै प्रधानमन्त्री वा मन्त्रिपरिषदका निर्णयहरुलाई खुसुक्क सहिछाप गर्ने सम्माननीय राष्ट्रपति, यो राष्ट्रपति सम्माननीय संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो । हाम्रो शीर माथिको संस्था हो । तर त्यो संस्थाविरुद्ध बोल्ने दुश्साहस गरेको छैन म । त्यो संस्थामा कुनै व्यक्तिको निर्वाचनको प्रक्रियाबाट गएर निरंकुशताको साक्षी बस्छ, त्यसको एउटा प्यादा बन्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्न पाइन्छ। कसले भन्यो बोल्न पाहीदैन भनेर ? एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा कसले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर । बोल्न पाइन्छ। महिला अस्मिता त्यति बेला बलात्कृत भएको छ जहाँ भागीरथी भट्ट जस्तै, निर्मल पन्त जस्तै कलिला किशोरीहरु, बालिकाहरु बलात्कृत र हत्या भएको छ । त्यति बेला महिला अस्मिता बेचिएको छ, बलात्कृत भएको छ, खण्डित भएको छ । त्यसकारण एउटा तानाशाह बन्दै गरेको एउटा अहंकारी एक प्रकारको कसैलाई नमान्ने, सबै कुराको सर्वज्ञानी अहंकारी संकी प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्न पाइन्छ।यहाँ निर महिला अस्मिताको प्रश्न आउदैन। कुनै पनि पदमा लिङ्ग हुँदैन। त्यो सार्वजनिक पद हो। त्यसैले बोल्न पाइन्छ। आज १८ बर्ष सम्म बिद्या भण्डारीले प्राइभेट कम्पनी बनाएको एउटा अनेमा संघ भन्ने संस्था छ। त्यसका सदस्यहरुले महिला अस्मिताको गफ गर्दैछन्। मलाई सुन्न हेर्न र समाचारहरुमा पढ्न मन छ, भागीरथीका हत्याराहरुलाई कारबाही गर भनेर गृहमन्त्रालय पुगे कि पुगेनन् ? मलाई प्रश्न गर्न मन छ। '
 
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update