नेपाली कम्युनिष्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई अपराध अनुसन्धान मीनभवनमा राखिएको छ । आज केहि समय अघि फौजदारी कसुर झाँक्रीलाई प्रहरीले शंखमुल स्थति आफ्नै निवास बाट पक्राउ गरेको थियो ।
पक्राउ परेकी झाँक्रीले आफ्नो सामाजिक संजाल मार्फत आफ्नो साथमा रहेका सबैलाई धैर्य साथ रहन आग्रह गरेकी छिन् । उनले एक स्ट्याटस लेख्दै भनेकी छिन्,'राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथिहरूले धैर्य गर्नुहोला।'
उनले यो अन्तिम लडाई रहेको भन्दै सबैलाई आफ्नो ठाउँमा डटौं समेत आग्रह गरेकी थिइन् । राष्ट्रपतिका बारेमा उनले व्यक्त गरेको बिषयलाई राष्ट्रपति विरुद्ध धम्की दिएको आरोप लगाउदै राज्य प्रशासनले पक्राउ गरेको थियो।
https://twitter.com/Jhakri_didi/status/1359781161644400640
ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो: अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल पक्ष नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन्।झाँक्रीविरुद्ध प्रयोग गरिएको कानुनी दफामा के छ?
यस दफाका अनुसार झाँक्रीलाई सात बर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँ सम्मको जरिवाना वा दुवै सजाय हुनेछ।सरकारको उल्टो गति उल्टै मति!: नेता थापा
[caption id="attachment_14005" align="alignnone" width="800"] फाइल फोटो[/caption] नेपाली कांग्रेसका नेता गगनकुमार थापाले रामकुमारी झाँक्रीको गिरफ्तारीमा आफ्नो असन्तुष्ट जनाएका छन् ।राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर: भट्टराई
भट्टराईले झाँक्रीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलिसाफ हुने बताएका छन्।प्रकाशित मिति: बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय