हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमाथि शाररिक हमला हुन सक्ने बताएका छन् । आज पोखरा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने,'ममाथि शारीरिक हमला भयो भने पनि तपाइँहरू अन्यथा नलिनु होला । तर, त्यस्तो हुन दिँदैन । म रहिन भने पनि पार्टी छ । नेतृत्व छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा जान दिन हुँदैन ।' उनले अहिले सरकारले सहि ढंगले काम गरेको हुनाले आफु माथि प्रहार भई रहेको बताए।
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update