हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहले देश र पार्टी विरोधी नेताले आफ्नो धन्दा चलाउन र देश बर्बाद पार्न लागेको बताए। पोखरामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफुले बहुमत भन्दा एकतावद्ध भएर जाउँ भन्दा देश र पार्टी विरोधी नेताले आफ्नो धन्दा चलाउन र देश बर्बाद पार्न लागेको बताएका हुन् । दाहाल–नेपाल समूह देश विकास,जनतालाई खुसी बनाउन भन्दा पनि कम्फर्टेबल सरकार बनाउन लागेको उनले बताए। उनले भने ‘माइतिघर मण्डलामा बसेर आफैं अध्यक्ष भन्ने, आफैं अबिर लाउने, आफैं लड्डु खाने बस्ने,’ उनले भने, ‘विधि पद्धति प्रक्रिया भन्दै गरे पनि अध्यक्ष, दलको नेता छान्ने, पार्टी फोडेर हिँड्ने रहेछ विधि पद्धति प्रक्रिया ।’ उनले दाहाल-नेपाल पक्षले भनेको बहुमत सावित गर्न चुनौती दिंदै भने, ‘विधिवत् दलको नेता फेर्नुस् न, कार्की व्याङ्केटमा बसेर बहुमत सावित हुन्छ ? बहुमत सावित गर्नुस्।’ सरकार परिवर्तन भए आफूहरु डेढ वर्ष प्रतिपक्षमा बस्ने र पुनः दुईतिहाइ बहुमत लिएर फर्कने ओलीको दाबी थियो । यस अघि प्रधानमन्त्री ओली प्रधानमन्त्री हुँदा आफ्नै पार्टीका नेता माधव नेपाल, झलनाथ खनालले पार्टीमै भए पनि प्रचण्डलाई उकासेर हटाएको बताए । उनले प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राखेर हटाउने भन्दा पनि विधि पद्धतिले गलत्याएर हटाउनु पर्छ मान्यता रहेको बताए। उनले दाहाल नेपाल पक्षलाई सक्ने भए अविश्वासको प्रस्ताव राखेर हटाउन समेत चुनौती दिए। उनले भने,'सक्नुहुन्छ भने अविश्वासको प्रस्ताव राखेर हटाउनुस्, बलियो छु भन्ने लाग्छ भने प्रधानमन्त्रीसँग कुस्ती जसले जित्छ त्यसैलाई प्रधानमन्त्री बनाउँ न !’ त्यस्तै उनलेआफुमाथि शाररिक हमला हुन सक्ने बताएका छन् । उनले भने,’ममाथि शारीरिक हमला भयो भने पनि तपाइँहरू अन्यथा नलिनु होला । तर, त्यस्तो हुन दिँदैन । म रहिन भने पनि पार्टी छ । नेतृत्व छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा जान दिन हुँदैन ।’
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update