हिमाल दैनिक
वैज्ञानिक वन व्यवस्थापन नीति वन सखाप नीति रहेछ: प्रधानमन्त्री ओली
kp-oli-march-2
प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापन नीति वन सखाप नीति भएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बैज्ञानिक वन व्यवस्थान शब्दमा राम्रो भएपनि व्यवाहारमा वन सखाप पर्ने नीतिका रुपमा परिचित भएको बताए । वैज्ञानिकको नाममा सखाप नीति नभई वैज्ञानिक नीति हुनुपर्ने उनले बताए । वन विकासले प्रतिफल दिने नीति आजको आवश्यकता रहेको बताउदै वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरुको साथ लिएर बनाउने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जाहेर गरे । सबै प्रकारका वनहरुको सुरक्षा, समुचित प्रवन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको बताउदै वनको अधिकतम सुरक्षा र विकास गरी जनता र राष्ट्रले अधिकतम प्रतिफल लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधामन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरुले वनको संरक्षण गर्न भुमिका खेलेको बताउदै उपभोक्ता समितिहरुले नष्ट भइसकेका वनहरुलाई पुर्नजिवन दिएको जिकिर गरे । उनले मानिसको वन जंगलसंग छुटिनै नहुने सम्बन्ध रहेको बताउदै वन विना मानिसको जीवन चल्न नसक्ने तर्क गरे ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update