अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यरातमा अँध्यारा कोठामा बुनिएका तानाबानाले सरकार ढाल्न नसक्ने स्पष्ट परेका छन् ।
बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै पौडेलले अप्राकृतिक ढंगबाट सरकारलाई गिराउने काम गर्नेहरुले सरकारको विकासका योजनामा असर नगर्ने बताए ।
आफ्नै पार्टी फुटाएर, कहिले कांग्रेस त कहिले जनता समाजवादीका नेता भेट्ने र आफ्ना समर्थनमा सरकारमा बसिदिन आग्रह गर्नेहरु सफल नहुने उनले बताए । विकासका योजनामा धेरै काम गर्न बाँकी रहेको भन्दै पौडेलले विकासमा अघि बढ्नका लागि विकासको सपना देख्नुपर्ने बताए। त्यस्तै उनले सपनलाई योजनामा ढालेर कार्यान्वयन गर्नका लागि सरकार हरदम प्रयासरत रहेको पनि धारणा राखे ।
विकास, स्वास्थ्य, शिक्षा लगायत हरेक क्षेत्रमा वर्तमान सरकार अन्तर्राष्ट्रिय मुलुककै गतिमा अघि बढेको पौडेलको दाबी गरे ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय