हिमाल दैनिक
नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई अघि बढाउनका लागि सहकार्य गर्न कांग्रेस र जसपालाई आग्रह गरेका छन् । समाजवादी प्राध्यापक संघले बिहीवार काठमाडौंमा आयोजना गरेको वर्तमान राजनैतिक संकट र त्यसको समाधान बिषयक बिचार गोष्ठिमा अध्यक्ष नेपालले मुलुकलाई अघि बढाउनका लागी कांग्रेस र जसपासंग सहकार्य गर्न तयार रहेको भन्दै सहकार्यमा आउन आग्रह गरेका हुन् । अध्यक्ष नेपालले सहकार्यका लागि कांग्रेसबाट जवाफ नआएको धारणा पनि राखे । त्यस्तै उनले आफुहरुसंग सूर्य चिन्हको नेकपाको बहुमत रहेपछि निर्वाचन आयोगले समयमा नै निर्णय गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । त्यस्तै अध्यक्ष नेपालले सवै दलहरुसंगको छलफलपछि नै अविश्वासका प्रस्ताव अघि बढाउने उल्लेख गरे । उनले मोहका कारण ओली पक्षमा गएका नेताहरु पनि क्रमश आफुहरुको पक्षमा आइरहेको दावी गरे । कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रीक पद्धतीलाई ट्रयाकमा ल्याउनुपर्ने बताए । उनले नेकपाको विवादलाई निर्वाचन आयोगले समयमा नै टुङ्ग्याउन नसके थप अस्थीरता उव्जीने धारणा पनि राखे । त्यस्तै उनले आयोग निष्पक्ष नभए भविष्यमा हुने चूनाव पनि आयोगले निष्पक्ष गराउन नसक्ने जिकिर गरे । त्यस्तै कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपाले दुईतिहाई ल्याएपनि मुलुकमा अस्थीरता कायमै रहेकाले यसले आंशका पैदा भएको धारणा राखे । उनले संविधान बिपरित संसद बिघटन गरेर प्रधानमन्त्रीले अहंकार देखाएको आरोप लगाए ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update