सर्वोच्च अदालतद्वारा राजनीतिक रुपमा विभाजित भएको सत्तारुढ दललाई विभाजनको बाटो खोलिदिएको छ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल लगत्तै भएको पार्टी एकीकरणको प्रक्रियामा निर्वाचन आयोगबाट प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था विपरित भएको भन्दै उक्त नाम वामपन्थी नेता ऋषि कट्टेलकै भएको फैसला दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेता पुष्पकमल दाहालले नेतृत्व गरी एकीकरण गरेको दल पुनः विभाजन हुने बाटो खोलिदिएको छ।
[gallery ids="29517,29518,29519,29520,29521,29522"]
कट्टेलले निर्वाचन आयोग विरुद्ध दर्ता गरेको रिट निवेदनमाथि भएको बहस पश्चात अदालतले आइतबार ऐनको प्रक्रिया विपरित एकीकरण गरी आयोगले नेकपा नाम दिने निर्णयलाई बदर मात्र गरेको छैन। तत्कालिन नेकपा एमाले र माओवादीबीच भएको एकीकरण प्रक्रियालाई समेत बदर गरिदिएको छ।
अदालतले दुबै दललाई एकीकरण अगाडिको अवस्थामा पुर्याउँदै अब यदि यी दुई दलबीच एकीकरण गर्ने भए दल सम्बन्धी ऐनको व्यवस्था र प्रक्रिया पूरा गरी गर्न गराउन आदेश जारी गरेपछि अब राजनीतिक रुपमा विभाजित भएको सत्तारुढ दलको विभाजनको ढोका खुलेको छ।
यसले अध्यक्षका रुपमा रहेका ओलीलाई थप बलियो बनाइदिएको छ भने पार्टी विभाजनको उत्कर्षमा पुगेका दाहाललाई रक्षात्मक बनाइदिएको छ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय