नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज स्थायी कमिटिको बैठक सरेको छ । आइतबार सर्वाच्च अदालतको फैसलापछि बिकसित अवस्था बारे छलफल गर्न दाहाल–नेपाल समूहले आज बिहान ११ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सरेको हो।
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वकाे नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रियालाई बदर गर्दै उनीहरुले लिँदै आएको नेकपाको नाम ऋषि कट्टेललाई दिएपछि देशको समग्र राज्य व्यवस्था नै प्रभावित हुने भएको छ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय