हिमाल दैनिक
दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । पेरिसडाँडामा जारी यस बैठक बाट एमालेका नेतारहरु बैठकबाट बहिरिएका छन्। आइतबार सर्वाच्च अदालतको फैसलापछि बिकसित अवस्था बारे छलफल गर्न दाहाल–नेपाल समूहको करिब ४ बजे बैठक बसेको थियो। यस बैठकमा एमालेका नेताहरुले आफ्नो भनाइ राखेर बैठकबाट बहिरिएका छन्। पुष्पकमल दाहाल र माधव कुमार नेपालले अध्यक्षता गरेको उक बैठकमा आफ्नो भनाइ राखेर सुरुमा घनश्याम भुसाल निस्किएका थिए । निस्किने क्रममा उनले प्रत्रकारहरुलाई केहि प्रतिक्रिया दिएनन्। त्यसपछि अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पान्डे, रघुजी पन्त, योगेश भट्टराईलगायतका नेताहरु बैठक बाट बहिरिएका छन् ।  
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update