हिमाल दैनिक
प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले अब पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग हुने निर्णय गरेको छ। केहि समयअघि पेरिसडाँडा योजना गरेको दाहाल-नेपाल पक्षको स्थायी कमिटिको बैठकबाट बाहिरिने क्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जान सक्ने प्रतिक्रिया दिएका छन्। उनले बाहिरिने क्रममा अदालतले गरेको फैसलालाई कार्यान्वयन गर्ने बताएका छन्। त्यस्तै उनले अदालतले गरेको फैसला प्रति आफ्नो गहिरो असहमति रहेको पनि बताए। अब नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा रहेर वामपन्थी एकतालाई अघि बढाउन दृढतापूर्वक लाग्ने समेत उनले बताए। आइतबार सर्वाच्च अदालतको फैसलापछि बिकसित अवस्था बारे छलफल गर्न दाहाल–नेपाल समूहको करिब ४ बजे बैठक बसेको थियो। यस बैठकमा एमालेका नेताहरुले आफ्नो भनाइ राखेर बैठकबाट बहिरिएका छन्। पुष्पकमल दाहाल र माधव कुमार नेपालले अध्यक्षता गरेको उक बैठकमा आफ्नो भनाइ राखेर सुरुमा घनश्याम भुसाल निस्किएका थिए । निस्किने क्रममा उनले प्रत्रकारहरुलाई केहि प्रतिक्रिया दिएनन्। त्यसपछि अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पान्डे, रघुजी पन्त, योगेश भट्टराईलगायतका नेताहरु बैठक बाट बहिरिएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update