उपप्रधानमन्त्री ईश्वर पोखरेलले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताएका छन् । महिला दिवसको अवसरमा अनेमसंघ काठमाडौं क्षेत्र नंवर ५ ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले सर्वोच्चको फैसलापछि एकिकृत पार्टीहरुको अवस्था २०७५ साल जेठ ३ गते आगाडिको अवस्थामा पुगेको उल्लेख गर्दे अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताएका हुन्।
अब नेकपा एमालेको ९ औ महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको बैठक हुने भन्दै उनले त्यही बैठकले आगामी रणनीति तय गर्ने उल्लेख गगरे ।
त्यस्तै उनले नेकपा एमाले सुर्य चिन्ह सहित सबैलाई समेटर अघि बढ्ने बताए । त्यस्तै उनले केही समय अगाडि नेकपामा प्रधानमन्त्री ओली समुहका तर्फबाट थप गरिएका केन्द्रीय सदस्यहरु पनि नेकपा एमालेकै केन्द्रीय सदस्य हुने भन्दै सबैलाई विश्वस्त हुन आग्रह गरे ।
पोखरेलले श्रम, उत्पादन तथा सम्पत्तिमाथिको अधिकारसंग महिला अधिकारलाई हेर्नुपर्ने पनि बताए ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय