नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडलमाथिकाे दुर्व्यवहार र गिरफ्तारीलाई सर्वसत्तावादको संकेत भन्दै कांग्रेस सभापति शेर बहादुर देउवाले आक्रोश व्यक्त गरेका छन्।
बुधबार गृह जिल्ला तनहुँको एक कार्यक्रममा सहभागी हुन पुगेका पौडेललाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा लछार-पछार गर्दै गिरफ्तार गरेको समाचार प्रकाशित भए लगत्तै सभापति देउवाले उक्त घटनालाई सर्वसत्तावादको संकेतको संज्ञा दिदै घटना प्रति आपत्ति प्रकट गरेका छन् ।
यसरी लछार-पछार गरिएको थियो पौडेललाई:
उक्त घटनाको निन्दा गर्दै देउवाले उक्त कदमविरुद्ध देशव्यापी प्रतिरोध गरिने चेतावनी दिएका छन् । देउवाले आफ्नो सन्देशमा भनेका छन्,'तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथी गरिएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ l'
साथै उनले सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल पौडेललाई रिहा गर्न माग गरेका छन् । धम्की पूर्ण विज्ञप्तिमा, भनेका छन्,' अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु l'
विज्ञप्ति:
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय