नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडल रिहा भएका छन्। बुधबार साँझ जिल्ला प्रहरी कार्यालय तनहुँले नेता पौडेललाई तीन घण्टापछि रिहा गरेको हो ।
उनलाई आज गृह जिल्ला तनहुँको एक कार्यक्रममा सहभागी हुन पुगेका पौडेललाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा लछार-पछार गर्दै गिरफ्तार गरिएको थियो ।
पौडेलको गिरफ्तारी लगत्तै कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर कडा आपत्ति प्रकट गरेका थिए ।
यसरी लछार-पछार गरिएको थियो पौडेललाई:
देउवा स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले प्रधानमन्त्री ओलीसंग सरकारले पौडेललाई किन पक्राउ गरेको भनि जंगिएका थिए। जवाफमा प्रधानमन्त्री ओलीले सुरक्षाका लागि भनेपछि थप आक्रोशित भनेका देउवाले 'यदी सुरक्षाकै लागि थियो भने पौडेललाई उनको घरमा लगेर राख्ने हो कहाँ चौकीमा राख्ने ?' भनेर जंगिएको भानु देउवाले बताए।
'यो सरकारको सर्बसत्ता बदी चरित्र हो तत्काल पौडेल लाई स-सम्मान रिहा गर्नुस अन्यथा सरकारको यो हर्कतविरुद्ध हामी देशव्यापी रुपमा प्रतिरोधमा उत्रिनछौ ' सभापति देउवाको भनाइ उल्लेख गर्दै भानु देउवाले भने।
बुधबार पक्राउ पर्नु अघि मंगलबार गृह जिल्ला तनहुँमा के भनेका थिए त पौडेलले?
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय