हिमाल दैनिक
पौडेललाई पक्राउ गरेको विरोधमा सडकमा उत्रिएको नेविसंघ
nebisang
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउको बिरोधमा कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ । संघले बुधबार साँझ काठमाडौंको माइतिघरमा पौडेलको पक्राउको बिरोध गर्दै प्रदर्शन गरेको हो । उनीहरुले गिरफ्तारी सरकारलाई महंगो पर्ने चेतावनी दिएका थिए । उनीहरुले आफ्ना नेताको पक्राउ नियोजित, राजनीतिक प्रतिशोध भएको भन्दै सरकारको चर्को विरोध गरेका थिए । माइतिघरमा सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेपछि प्रहरी बल प्रयोग गरि हटाएको थियो । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले आफ्ना नेता पौडेललाई रिहा गरेरमात्र नहुने भन्दै प्रशासनले सार्वजनिक रुपमै माफी माग्नुपर्ने बताउदै माफी नमागे आन्दोलन जारी रहने चेतावनी दिए । सडक उद्घाटनको विषयलाई लिएर विवाद हुँदा पौडललाई तनहुँमा स्थानीय प्रशासनले नियन्त्रणमा लिएको थियो । पौडेल रिहा भइसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update