नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको आकस्मिक बैठक बोलाएका छन्।
बिशेषगरि बुधबार तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुरव्यवहार र धरपकटपछि उत्पन्न परिस्थितिबारे छलफल र पार्टीको रणनीति तयार गर्न सभापति देउवाले शुक्रबार अपराह्न २ बजे शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले तनहुँ घटना लगायत समसामयिक बिषयमा छलफलका लागि २ बजे शिर्ष नेता हरुको छलफल डाकीएको छ। पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी लगायत केहि अन्य नेताहरुलाई पनि आमन्त्रण गरिएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय