नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले राजनीतिक स्थिरता, समृद्धि र विकासका नारा दिएपनि केहि काम गर्न नसकेको आरोप लगाएका छन् ।
बिहिबार नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर १ का सभापति स्वर्गीय उज्जवल कोइरालाको १३ औँ पूण्य तिथिका अवसरमा काठमाडौमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । संघीयता कार्यान्वयनका लागि संघीय सरकारले समयमै कानुन बनाएर प्रदेश र स्थानीय सरकारलाई काम गर्न सहजीकरण गर्न नसकेको उनले बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको मर्मविपरीत प्रदेश र स्थानीय तह केन्द्रको प्रशासनिक निकाय मात्रै हुन् भन्नेजस्ता अभिव्यक्ति दिने गरेको आरोप लगाए । त्यस्तै प्रधानमन्त्रीले भ्रष्टचार गर्दिन र गर्न पनि दिन्न भन्ने गरेपनि एकपछि अर्को भ्रष्टाचारका काण्ड हुने गरेको र त्यसको छानविन नभएको बताए ।
त्यस्तै कांग्रेसको १३ औं महाधिवेशनदेखि नै पार्टी कमजोर हुन थालेको उनको भनाइ छ। सत्तारूढ नेकपाले जनअपेक्षाअनुसार काम नगरेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दलले पनि भूमिका निर्वाह गर्न नसकेको उल्लेख गरे ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय